डडेल्धुराः नेपालमा बैंकिङ क्षेत्रको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड, दार्चुला शाखाले सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
शाखाले मंगलबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले कर्याक्रमको महत्वको बारेमा आफ्नो धारणा राख्दै आगामी दिनमा पनि नेपाल बैंक लिमिटेडले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

दार्चुला शाखाका शाखा प्रवन्धक रामचन्द्र जोशीले कार्यक्रमको विषय बस्तुमाथि प्रकाश पार्दै वित्तीय साक्षरताको आवश्यकता, निक्षेप प्रोडक्टहरु, कर्जाका प्रोडक्टहरू, बैंकको डिजिटल प्रोडक्टहरू र तिनको उपयोग तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा नेपाल बैंक लिमिटेडले हालै विद्यार्थीहरुको भर्चुअल सिकाइलाई सहयोग पुयाउने हेतुले ल्याएको नयाँ निक्षेप खाता शुभज्ञान बचत खाताको बारेमा पनि चर्चा गरेका थिए। उक्त कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीलगायत प्राध्यापक र विद्यार्थी गरी ६० जनाको उपस्थिति रहेको थियो।