Radio Unity 92.2MHz

डडेल्धुरा कृषक सहकारी संस्था लिमिटेडको अध्यक्षमा जोशी चयन

डडेल्धुराः डडेल्धुरा कृषक सहकारी संस्था लिमिटेड डडेल्धुराको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन भएका छन्। शुक्रबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

संस्थाको उपाध्यक्षमा विमला शाह, सचिव तेजबहादुर बोहरा, कोषाध्यक्ष पदमबहादुर ऐर चुनिएका छन्। यस्तै, सदस्यहरूमा रतनसिंह बिष्ट, डम्वरदेव भट्ट, गोपाल शाह, कलापती ऐर, कमला शाह, विक्रम भण्डारी र अनिरुद्रप्रसाद बोहरा रहेका छन्।

यसैगरी साधारण सभाले शिवराज पनेरुको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ। समितिको सदस्यमा हरिकृष्ण पाल र पदमबहादुर देउवा छन्।

यसअघि पुस १६ गते सुरु भएको साधारणसभामा संस्थाको विधान बमोजिम गणपुरक संख्या नपुगेपछि उद्घाटन सत्र सम्पन्न गरी सात दिनपछि शुक्रबार दोस्रो पटकको साधारण सभामार्फत् सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

उद्योग बाणिज्य संघ डडेल्धुराको सभा हलमा सम्पन्न साधारण सभामा संस्थाका संस्थापक तथा सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।