Radio Unity 92.2MHz

मुक्त हलिया, महिला र अपाङ्गताको मानवअधिकार उल्लघंनबारे तालिम सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार उल्लघंनका मुद्दाहरूको व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा संचालित ‘मुक्त हलिया सशक्तीकरण अधिकार परियोजना’को आयोजनामा बुधबारदेखि जिल्ला सदरमुकाममा तालिम शुक्रबार सकिएको हो।

तालिममा मानव अधिकार, मुक्त हलिया तथा अपाङ्गता भएका नागरिकहरूको मानव अधिकार, मानव अधिकारको अनुगमन, सूचनाको हकलगायतका विषयमा मा प्रशिक्षण दिइएको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले जानकारी दिए ।

उनका अनुसार गाउँ समाजमा घट्ने मानव अधिकार उल्लघंनका मुद्दाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि तालिममा सिकाइएको छ ।

तालिममा परियोजना लागू भएका जिल्लाका तीन स्थानीय तह अमरगढी नगरपालिका, परशुराम नगरपालिका र नवदुर्गा गाउँपालिका मुक्त हलिया समुदायका व्यक्तिहरू, टिइपी सहजकर्ता, अपाङ्गता भएका व्यक्ति, महिला अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

सहभागितहरूलाई जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका पूर्वअध्यक्ष भरत सार्की र राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय सदस्य जगदीश चुनाराले प्रशिक्षण दिएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...