डडेल्धुराः नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत डडेल्धुरामा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो।
तर, शनिबार दिनभर सहमतिको प्रयास भएपनि सहमति जुटन सकेन। वर्तमान प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ। जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने बताइएको छ।