बैतडी: नेकपा एमाले बैतडीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरिएको छ । एमालेका नेता सुरेन्द्र पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।
गोरखबहादुर चन्दले पनि अध्यक्षमा दावी गरका थिए । तर अन्तिम समयमा उनले पाललाई नै समर्थन गरेका हुन् ।
उपाध्यक्ष रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।