Radio Unity 92.2MHz

बझाङमा जिप दुर्घटना, एक जनाकाे मृत्यु

बझाङ: जयपृथ्वी नगरपालिकामा भएकाे शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।नगरपालिकाकाे वडा नं १, कैलाशबाट सदरमुकाम चैनपुर आउँदै गरेको सु. प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्ताेलीमा दुर्घटना भएको थियो ।

जिप दुर्घटनामा सख्त घाइते भएका सवारीधनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ ।

दुर्घटनामा सिंहको छातीमा गम्भीर चोट लागेकाेले उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएकाे उनका आफन्तले उकेस सिंह बताए । मोर्ताेलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानीय उत्तम साउदले बताए । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...