Radio Unity 92.2MHz

फार्मेसी पेशाकर्मी संगठनले बुझायो साझा स्वास्थ्य सेवा धनगढीलाई ध्यानाकर्षण पत्र

धनगढीः फार्मेसी पेशागत संगठनहरुले साझा स्वास्थ्य सेवा धनगढीलाई ध्यानाकर्षण पत्र बुझाएका छ्न्।

साझा स्वास्थ्य सेवा धनगढीले फार्मासिस्ट बिनै औषधि बिक्री वितरण गर्दै आएको भन्दै राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश धनगढी शाखा र नेपाल फार्मेसी संघ धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

औषधि ऐन २०३५ तथा नेपाल फार्मेसी परिषद् २०५७ को बर्खिलाप हुनेगरी यस संस्थाबाट हुन गएको र अब उपरान्त यस्तो क्रियाकलाप हुन नदिन साझा स्वास्थ्य शाखा कार्यालय धनगढीलाई ध्यानाकर्षण गरिएको राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सचिव हरिश बोहराले जानकारी दिए।

‘संचार माध्यममा आएपछी हामीलाई यथार्थ कुरो अवगत भएको छ र यसरी औषधि ऐनको धज्जी उडाउने काम यस संस्थाबाट यथाशीघ्र चाँडोभन्दा चाँडो बन्द गरियोस् र फार्मेसी सेवालाई अझ प्रभावकारी बनाउनको निम्ति उल्लेखय भूमिका निर्वाह गर्न साझा स्वास्थ्य कार्यालय कदापि पछाडि पर्ने छैन भन्ने दिर्ढ विश्वास लिएका छौं।’ नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सल्लाहकार दिपेश जोशीले भने।

फार्मेसी पढेका दक्ष जनशक्ति हुँदाहुँदै गैर फार्मेसीबाट सेवा दिएको भन्दै फार्मेसी पेशाकर्मीहरुले आपत्ति जनाउँदै उक्त संस्थालाई चेतावनी दिँदै माघ महिनासम्मको अल्टिमेटम दिएका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।