Radio Unity 92.2MHz

डडेल्धुरामा दुई चिकित्सकसहित थप १२ जनामा कोरोना

डडेल्धुरा: डडेल्धुरामा तेस्रो चरणको कोराना भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । मंगलबार डडेल्धुरामा दुई चिकित्कससहित थप १२ जना कोरोना संक्रमित थपिएका छन् ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार अमरगढी नगरपालिकामा ५, परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा २–२ तथा अजयमेरू गाउँपालिकामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । जसमा डडेल्धुरा अस्पतालमा कार्यरत दुई चिकित्सक रहेका छन् ।

परशुराम नगरपालिकामा ११, अमरगढी नगरपालिकामा ७, भागेश्वरमा ३ तथा गन्यापधुरा र अजयमेरुमा दुई–दुई गरी जिल्लामा कूल २५ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।