Radio Unity 92.2MHz

कर्मचारीमा कोरोना देखिएपछि डडेल्धुरा प्रशासनका सेवा बन्द

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले नियमित रूपमा दिने सेवा तत्कालका लागि बन्द गरेको छ।

नागरिकता फाँटमा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएको र अन्य कर्मचारी बिरामी परेपछि प्रशासनले सेवा बन्द गरेको हो।

संक्रमित कर्मचारी हाल होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। भोलि अर्थात माघ ७ गतेदेखि सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनले सेवा प्रदायकका रूपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, संघ र संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको बताए। शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरू नियमित रहने प्रशासनले जनाएको छ।

प्रशासनले जारी गरेको सूचना :

सम्बन्धित पाेष्टहरु
Loading...