Radio Unity 92.2MHz

डिभिजन वन कार्यालय डडेल्धुराको मिलेमतोमा अबैध रूपमा सिसम कटान

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका– ५ मा अबैध रूपमा सिसमका रूख कटान गरिएको छ। डिभिजन वन कार्यालयको अनुमति बिना भुवनेश्वरी नमूना मावि परीगाउँको परिसर भित्र रहेका सिसम लगायतका रुखहरू अवैध रूपमा धमाधम कटान गरिएको हो।

भुवनेश्वरी नमूना माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरेको स्थानीयको आरोप छ।

एकजना स्थानीयका अनुसार परशुरामधाम सब डिभीजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टले व्यक्तिगत स्वार्थमा मौखिक रुपमन रूख कटान गर्न अनुमति दिएका थिए।

१२ देखि १४ सिसमका रूख काटिएको स्थानीयको भनाइ छ। काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभीजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयमको देखाउन खोजेको स्थानीय बताउँछन्।

अहिले कटान गरिएको केही काठको मुडा डोजर प्रयोग गरेर स्कुलको प्राङ्गडमा पुर्ने कार्य भइरहेको छ भने दुई\चार गोलीया काठ बरामद गरेको देखाउन खोजिएको छ।

तीन दिन अगाडी रूख कटान गरिएको भएपनि डिभीजन वन कार्यालय डडेल्धुराले भने के कति रूख कटान भएको भनेर एकिन विवरण दिन मानिरहेको छैन्। आफू जिल्ला बाहिर रहेको कारण के कति रूख कटान भयो भन्ने बुझिरहेको भट्टले बताए। जिल्ला वन अधिकृत राम विचारी ठाकुरले भने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...