डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कर्मचारीमा कोरोना देखिएपछि भागेश्वर गाउँपालिकाले चार दिनका लागि अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ ।
एक सूचना जारी गर्दै गाउँपालिकाले बुधबारदेखि शनिबारसम्म सेवाहरू बन्द गरेको हो ।
गाउँपालिकामा कार्यरत दुई जनामा संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका अरु कर्मचारीलाई पनि संक्रमण देखिएको थियो । संक्रमित कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।
यस्तै, जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, आन्तरिक राजश्व कार्यालय, खानेपानी तथा सरसफाइ डिभीजन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि यसअघि नै सेवा बन्द गरिएको छ ।