अजयमेरु गाउँपालिकाका कर्मचारीमा कोरोना, सेवा बन्द
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
कर्मचारीमा कोरोना देखिएपछि अजयमेरु गाउँपालिकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागिअति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ।
एक सूचना जारी गर्दै गाउँपालिकाले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवाहरू बन्द गर्ने जनाएकाे छ।