Radio Unity 92.2MHz

राष्ट्रियसभा सदस्यमा जगत पार्की विजयी

डडेल्धुरा : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका जगत पार्की विजयी भएका छन्।

प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् ।

उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै निर्वाचनमा ३ मत बदर भएका छन्। पार्की नेकपा (माओवादी केन्द्र) डडेल्धुरा जिल्लाको ईञ्चार्ज समेत हुन्।

यसअघि माओवादी केन्द्ररबाट नेपाली काँग्रेसमा प्रवेश गरेका पार्की केही समयअघि माओवादी केन्द्रमै फर्किएका थिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।