Radio Unity 92.2MHz

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिमबाट गरिमा शाह विजयी

डडेल्धुरा: राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट मदनकुमारी शाह गरिमा’ विजयी भएकी छन्। शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्।

उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्।

सम्बन्धित पाेष्टहरु
Loading...