डडेल्धुरा: डडेल्धुरामा कोठा न्यानो बनाउन हिटर बालेर सुतेका एक जनाको निस्सासिएर मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–२ त्रिपुरा सुन्दरी (बुढी घटाल) मा बस्दै आएका कनैया गिरी ‘महराज’ को मृत्यु भएको हो।
आज बिहान उनी आफ्नै कोठाभित्र मृत फेला परेको स्थानीयले बताएका छन्।
उनको शव स्थानीयले बोकेर जिल्ला सदरमुकाममा पु¥याएका थिए। अमरगढी नगरपालिकाले खर्च बेहोर्ने भएपछि गाडी बुकिङ गरेर शव कञ्चनपुरको गुलरीयामा लगिएको अमरगढी नगरपालिका–८ का वडाअध्यक्ष नरबहादुर साँकीले बताए।
उनको गुलरीयामै समाधि बनाइने वडाअध्यक्ष साँकीको भनाइ छ। गिरीलाई आफ्नो मृत्यु हुने कुरा यसअघि नै थाहा भइसकेको स्थानीय रमेश भट्ट बताउँछन्।
भट्टका अनुसार उनले आफू मर्ने कुरा यसअघि नै सबैलाई भनेका थिए। ‘सोमबार त बाँचियो, मंगलबार बाँचिन्छ कि छैन्,’ उनले भनेका थिए।
गिरी लामो समयदेखि त्रिपुरा सुन्दरी (बुढी घटाल) मा बस्दै आएका थिए।