डडेल्धुराः अत्तरियाका युवा व्यवसायी बासु खडायतले सुदूर पश्चिमकै प्रसिद्ध गोदावरी धामको मन्दीरमा रंगरोगन गरेका छन्। व्यवसायी खडायतले गोदावरी धाममा रहेको शिव मन्दिरमा आफ्नो व्यक्तिगत तर्फबाट रंङ्गरोगन गरेका हुन्।
अत्तरियामा रहेको होटल चमेलिया प्लाजा तथा चमेलिया ट्रेड एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक खडायतले मन्दीरमा रङ्गरोगन गर्नका लागि आफ्नो सहयोग गरेका हुन्।
युवा व्यवसायीले समाज सेवामा पनि अग्रसरता देखाउनु पर्छ भन्ने ठानेर निर्माणपछि रङ लगाउन बाँकी रहेको शिव मन्दिरमा सुन्दरता थप्ने काम गरेको खडायतले बताए।
सामाजिक क्षेत्रमा निकै अग्रसर युवा व्यवसायी खडायतले व्यापार व्यवसायमा रहेका व्यवसायीहरुले सामाजिक क्षेत्रमा लगानी लगाउनुपर्ने सन्देशसमेत दिएका छन्।