डडेल्धुराः प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको पार्टी नेपाली काँग्रेस (विपी)डडेल्धुरा स्थानीय तहको निर्वाचनमा होमिने भएको छ।
शुक्रबार जिल्ला सदरमुकाममा आयोजना गरेको बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा अन्तरक्रिया तथा पार्टीको भावी रणनितिक कार्यक्रममा नेपाली काँग्रेस (विपी) डडेल्धुराले निर्वाचनमा होमिने बताएको हो।
डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वडामा आफ्नो पार्टीको उम्मेदवारी रहने नेपाली काँग्रेस (विपी) डडेल्धुराका संयोजक तिलक हमालले बताए।
आफ्नो पार्टीले नेपाली काँग्रेस बाहेक अन्य जुनसुकै पार्टीसँग एलाइन्स गर्न तयार रहने उनको भनाइ छ।
काँग्रेस विपीले आधारभुत शिक्षामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने, खानेपानी, खाद्य सुरक्षा पौष्टिक आहार सम्पूर्ण नेपालीको अधिकारको रूपमा स्थापित गर्ने लगाएतका तत्कालिन राजनीतिक प्रस्ताव प्रतिवेदनमा जोड दिएको छ।
यस्तै, गरिवीको रेखामुनि रहेका जनसंख्या शून्यमा झार्ने, स्वदेशमै प्रयाप्त रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्ने, बौद्धिक सनातन धर्म, भाषा कला संस्कृति र पहिचानको रक्षा गर्दै हिन्दु राष्ट स्थापना गर्ने, सबै तप्कामा इन्टरनेट र बिजुली पु¥याउने, विभेद शोषण र हैकमबादको अन्त्य गर्ने काँग्रेस विपीको उदेश्य रहेको छ।
कार्यक्रम उद्घाटन अघि नेपाली काँग्रेस विपीले जिल्ला सदरमुकाममा ¥यालीसहित चौलो प्रदर्शन गरेको थियो।