Radio Unity 92.2MHz

आइन्स्टाइन स्कुलले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा रहेको आइन्स्टाइन पब्लिक स्कुलले छैटौं वार्षिकोत्वस तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

डडेल्धुराको अमरगढी–५ मा रहेको विद्यालयले महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जन्म जयन्तिको अवसर पारेर विद्यालयमा विविध कार्यक्रमहरू गरी वार्षिकोत्वस तथा अभिभावक दिवस मनाएको हो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले बिहान डडेल्धुरा अस्पातालमा वेड भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको छ। यसका साथै विद्यालयमा गरिएको विभिन्न कार्यक्रम तथा पढाईमा उत्कृष्ट विद्यार्थी पुरुस्कार वितरण तथा सो विद्यालयका वर्षकै उत्कृट शिक्षिका अस्मीता कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको प्रधानाध्यापक रामप्रसाद अवस्थीले बताए।

उनका अनुसार विद्यालयले महेन्द्र मावि डडेल्धुरामा बालविकासदेखि कक्षा ५ सम्म अध्यनरत गरिब तथा जेहेन्दार छात्र छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। अहिले कक्षा ४ सम्म संचालन उक्त विद्यालयमा १५० जना विद्यार्थी अध्यनरत रहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...