डडेल्धुराः अमरगढी नगरपालिका–३ को वडाअध्यक्षमा केशवसिंह सेटीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार ‘घर घर जाऔं काँग्रेस जिताऔं’ अभियानमा उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
युनिटी खबरसँग कुरा गर्दै सेटीले वडाअध्यक्षमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेको बताउँदै अब पार्टीले कसलाई टिकट दिन्छ भन्ने कुरामा भर पर्ने बताए।
सेटी नेपाली काँग्रेसका पाका नेता समेत हुन्। उनी सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहेका छन्।
उनले घटाल माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन गर्न, दुई र तीन नम्बर वडामा खानेपानी र, सिँचाईको सुविधा पु¥याउन अह्म भूमिका खेलेको स्थानीय बताउँछन्।
नेपाली काँग्रेसबाटै वडा नम्बर ३ को वडाअध्यक्षमा तिर्थ साउँद, तीर्थ ऐर, कृष्णराज बोहरा र गोविन्दराज बोहराको चर्चा छ।