डडेल्धुराः डडेल्धुरा सदरमुकाममा ‘डडेल्धुरा महोत्सव २०७८’ सुरु भएको छ । अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा महोत्सव सुरु भएको हो ।
महोत्सवको मंगलबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ महोत्सव आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले यस्तो मेला महत्सवले यहाँ क्षेत्रको कला संस्कृतिको संरक्षण टेवा पुग्ने बताएका छन् । उनले सुदूरपश्चिम कला संस्कृतिको धनी प्रदेश भएको पनि बताएका छन् । यहाँका कला संस्कृतिको संरक्षणमा सबैले एकजुट भए अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिएका छन् । महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।
स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको नगरप्रमुख ओझाले बताएका छन् । महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइएको छ । महोत्सवको पहिलो दिन विभिन्न स्थानीय विद्यालय र देउडा गायक लालबहादुर धामी (अछामी बड्डो)ले प्रस्तति दिएका थिए ।