Radio Unity 92.2MHz

सुदूरपश्चिममा लेखराजले भन्दा दोब्बर स्थानमा चुनाव जिताउँछौँ : खगराज

एकल प्रतिस्पर्धा एमालेका लागि लज्जास्पद परिणाम

काठमाडौं: प्रदेश इन्चार्ज रहेका लेखराज भट्टले माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा माओवादी कमजोर भएको आँकलन गरिएको छ ।

तर माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले विगतको भन्दा दोब्बर नतिजा हासिल गर्ने दाबी गर्छन् । उनले सुपका ८८ वटा स्थानीय तहमध्ये २० भन्दा बढी ठाउँमा जित्ने दाबी गरे ।

लेखराज भट्टले पार्टी छाडेपछि सुदूरपश्चिममा मात्रै एक लाखले पार्टी सदस्यता नवीकरण गरेको उनको दाबी छ । माओवादी आफ्नै बलबुताबाट निर्वाचनमा जाने रणनीति अनुसार काम गरिरहेको पनि भट्टले बताए ।

एकीकृत समाजवादी र जसपासँग सहकार्यको सम्भावना पनि प्रबल रहेको उनको भनाइ छ । प्रस्तुत छ, माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टसँग  गरेको समसामयिक कुराकानीको सम्पादित अंशः

आसन्न स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले के कस्तो रणनीति बनाइ राखेको छ?

संगठनलाई व्यवस्थित गरी पार्टीको विचार र राजनीतिलाई स्थापित गर्दै आफ्नै सामर्थ्य र एजेण्डाका बलमा प्रतिस्पर्धी शक्तिका रूपमा विकास गर्ने गरी कार्ययोजना निर्माण गरेका छौँ । पार्टी विभाजनको मनोविज्ञानको हल भएको छ । संगठन जुझारु र प्रभावकारी ढंगबाट मैदानमा परिचालित भएको छ । जनताको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । जसको विचार उसको नेतृत्व भन्ने नारा अन्तरगत हामी अहिले जनताको बीचमा छौँ ।

पहिले हामीसँग कति सदस्य छन् भन्ने अभिलेख थिएन । कति होल टाइमर हुन् भन्ने थाहा थिएन । चैतको पहिलो साता मात्रै सुदूरपश्चिमबाट झण्डै एक लाखले पार्टी सदस्यता नवीकरण गर्नुभयो । दोस्रो कुरा हिजो हाम्रो कमिटी फर्मेसन थिएन, अहिले हामीसँग कमिटी फर्मेसन छ । अहिले हामीले टोल कमिटीदेखि केन्द्रीय समितिसम्म महाधिवेशनबाट नेतृत्व चयन गरेका छौँ।

माओवादीमा ०७४ र वर्तमान अवस्थामा के फरक छ ?

०६४ मा हामी आन्दोलनकारी शक्तिका रूपमा थियौँ । हामी राजनीतिक शक्तिको स्वरूपमा पुगिसकेका थिएनौँ । अहिले हामी एउटा प्रतिस्पर्धात्मक राजनीतिक शक्तिका रूपमा स्थापित भएका छौँ । प्रतिस्पर्धी राजनीतिको जटिलता र संवेदनशीलतालाई बुझेको एउटा परिपक्व राजनीतिक शक्तिको स्वरूप हामीले ग्रहण गरेको अवस्था छ । अहिले हाम्रो पार्टी व्यवस्थित भएको छ ।

पहिले हामीसँग कति सदस्य छन् भन्ने अभिलेख थिएन । कति होल टाइमर हुन् भन्ने थाहा थिएन । चैतको पहिलो साता मात्रै सुदूरपश्चिमबाट झण्डै एक लाखले पार्टी सदस्यता नवीकरण गर्नुभयो । दोस्रो कुरा हिजो हाम्रो कमिटी फर्मेसन थिएन, अहिले हामीसँग कमिटी फर्मेसन छ । अहिले हामीले टोल कमिटीदेखि केन्द्रीय समितिसम्म महाधिवेशनबाट नेतृत्व चयन गरेका छौँ । पार्टी मात्र पनि होइन, जनवर्गीय संगठन मोर्चा पनि त्यो ढंगले व्यवस्थित र संगठित हुन पुगेका छन् । हिजोभन्दा हामी गुणात्मक रूपमा फरक ठाउँमा छौँ । हाम्रो एकता र अखण्डता पुनर्जीवित भएको छ । हाम्रो लोकप्रियता र विश्वसनीयता पुनर्स्थापित हुँदै गएको छ । हाम्रो औचित्य र उपादेयतालाई आमजनताले स्वीकार गरेको अवस्था छ ।

०७४ निर्वाचनपछि माओवादी र एमालेको एकतादेखि विभाजनसम्मको परिघटनाले माओवादीलाई कमजोर बनायो कि बलियो ?

शान्ति सम्झौतामा आइसकेपछि हाम्रो पार्टीमा वैचारिक र राजनीतिक बहस सुरु भएको थियो । मोहन वैद्यजीको टीम हामीले लिएको बाटोप्रति असहमत थियो । उहाँ परम्परागत राजनीतिक मार्गको निरन्तरता चाहनुहुन्थ्यो भने बाबुरामजी कहाँ पुग्नु भयो र के चाहनु हुन्थ्यो भन्ने जगजाहेर छ । यस्ता दुई जना काशी जान कुतीको यात्रा गर्नेहरुलाई साथमा लिएर आफूले सोचेको विचार र राजनीतिक कार्यदिशा लागु गर्ने कुरा प्रचण्डका लागि जटिल थियो । तर अहिले विचार र राजनीतिमा हाम्रो पार्टीमा कुनै मतभिन्नता छैन । कमरेड प्रचण्डको लाइन र लिडरसीपलाई सिंगो पार्टीले सहर्ष ग्रहण गरेको छ ।

यस्तै नेकपाको विभाजनपछि जति एमालेमा क्षति भएको छ, त्यति हामीलाई भएको छैन । एमालेको त एउटा हिस्सा नै एकीकृत समाजवादीका रुपमा संगठित भएको छ । माओवादीमा दुई चार जना आउने जाने कुरा हाम्रो युद्धकालमा पनि भइरहन्थ्यो । रविन्द्र श्रेष्ठ, मणि थापाहरु माओवादी छोडेर हिजो पनि गएकै हुन् । तर उहाँहरुको पछि को लाग्यो ? अहिले सुदूरपश्चिमबाट लेखराजजी एमालेमा जानु भएको छ । तर लेखराजजी गएपछि हामीले एक लाख सदस्य संगठित गर्यौं । माओवादी कमजोर भएको छ कि बलियो भन्नका लागि यो भन्दा बढी तथ्य र तर्क त पेस गर्नु नपर्ला ।

लेखराज भट्टले आसन्न निर्वाचनमा माओवादी काँग्रेससँग सहकार्य नगरे सुदूरपश्चिममा शुन्य हुन्छ भन्ने दावी गर्नु भएको छ नि ?

माओवादीको सदाबहार नेता हुँदा र तीन चार चोटी मन्त्रीको पगरी गुथ्दा पनि उहाँ आफ्नो नगरपालिकामा कति बलियो हुनुन्थ्यो भन्ने कुराबाटै हामीले हिसाब गर्दा हुन्छ । उहाँको भाइ पनि माओवादी केन्द्रबाट चुनाव लड्नु भएको थियो । उहाँको नगरपालिकामा एक जना वडाध्यक्षबाहेक एक जना सदस्य पनि माओवादीले जित्न सकेन । निर्वाचन क्षेत्रमा उहाँ कति लोकप्रिय हो भन्ने कुरा ०७० सालमा देखिएकै हो । उहाँको त्यत्रो हाइट र वेट हुँदा पनि काँग्रेसका सामान्य उम्मेदवार दीर्घराज भाटसँग चुनाव हार्नुभयो ।

माओवादीको भविष्यवाणी २०५२ सालदेखि बेलाबखतमा हुँदै आएको छ । हाम्रो पार्टी कसैको अनुकम्पा, कसैको उदारता र कसैको संरक्षणबाट बनेको पार्टी होइन ।

त्यसैले लेखराज भट्ट गएर हाम्रो पार्टीलाई संगठनात्मक रुपमा क्षति भयो भन्ने कुरा हावा हो । संगठित रुपमा सुपमा एक लाख कार्यकर्ता भएको पार्टी कमजोर छ भन्नु उहाँको कुण्ठा मात्र हो । उहाँलाई म दगुरे सबै माओवादी मेरो पछि दगुर्छन् भन्ने लागेको थियो । तर उहाँसँग गयो को ? हामी १४ जना केन्द्रीय सदस्य थियौं । त्यसमध्ये उहाँ एक्लै जानु भएको हो ।

सुदूरपश्चिममा माओवादीका १४ जना सांसद थिए । त्यसमध्ये १३ जना माओवादीमै हुनुहुन्छ । एक जना झपट बोहोरा मात्र उहाँले लग्नुभएको हो । लेखराजजी गइसकेपछि आसन्न वैशाख ३० गते हुने निर्वाचनमा हिजोको भन्दा दोब्बर सिट बढाउँछौँ । उहाँको नेतृत्वमा हामीले १० वटा स्थानीय तह जितेका थियौं । यसपटक हामी २० भन्दामाथि सजिलै जित्छौँ । त्यसैले म एमालेमा आएपछि माओवादी सिद्धियो भन्नुपर्ने उहाँको बाध्यता छ । तपार्इं एमालेमा आउनु भयो तर तपाईंको पछि त कसैलाई ल्याउन सक्नु भएन भन्ने आलोचना उहाँले एमालेभित्रै खप्नु परेको छ । उहाँको स्वकीय सचिव उद्धव भट्टराई हाम्रो पार्टी कार्यालयको सचिव हुनुहुन्छ । त्यसैले, माओवादी कमजोर भयो भन्नु उहाँको बाध्यता हो । एमालेमा लेखराजजीको भविष्य के हो ? उहाँलाई थाहा छैन ।

तपाईंले लेखराजको भविष्य के हो भन्नुभयो, यहाँ त माओवादीको भविष्यमाथि नै गम्भीर प्रश्न उठेको छ । गठबन्धन नगरेको अवस्थामा माओवादी सकिन्छ भन्छन् नि ?

माओवादीको भविष्यवाणी २०५२ सालदेखि बेलाबखतमा हुँदै आएको छ । हाम्रो पार्टी कसैको अनुकम्पा, कसैको उदारता र कसैको संरक्षणबाट बनेको पार्टी होइन । यो आन्दोलनको रापतापबाट जन्मिएको र परिवर्तनको प्रवाहबाट स्थापित भएको शक्ति हो । २०६४ मा तपाईंलाई सम्झना होला, तत्कालीन नेकपा एमालेले हामीलाई हेपेर काठमाडौं उपत्यकाका १५ सिटमा तालमेल हुँदैन, सोह्रौँ सिट हेरौँला भनेका थिए । तर चुनावी परिणामबाट एमालेलाई हात लाग्यो शुन्य । त्यसैले अहिले एमालेले आफ्नै बलबुतामा चुनाव जित्ने कहाँ हो ? कुन क्षेत्र हो ? त्यसमा पनि एमालेभित्रको आन्तरिक द्वन्द्व सबैलाई थाहा छ ।

काँग्रेस पनि गुट उपगुटको महासंघ बनेको छ । सुदूरपश्चिममा माओवादी मात्र विचार, राजनीति, संगठनात्मक र भावनात्मक रुपमा एकताबद्ध छ । हाम्रो बीचमा अन्तरविरोध छैन । त्यसैले सुदूरपश्चिममा हामी परिणाम देखाउँछौं ।

चुनावी गठबन्धनबारे सुपमा माओवादीले के गरिरहेको छ ? अन्तरपार्टी संवाद भइरहेको छ कि छैन ? कि केन्द्रकै निर्देशन र नीति पर्खिनु भएको छ ?

पहिला हामीले संगठनको आन्तरिक जीवनलाई व्यवस्थित गर्ने कुरा टुंग्याएका छौं । सबै कमरेडलाई फिल्डमा युद्धस्तरमा परिचालन गरेका छौं । यसले हामी आफ्नै बलबुताले धेरै ठाउँमा जित्न सक्ने अवस्थामा छौं । तर गठबन्धन निर्माणको उद्देश्य सार्थक भएको छैन भन्ने हाम्रो बुझाइ छ । प्रतिगमनकारी प्रवृत्तिलाई पराजित गरी लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन अझै आवश्यक छ । त्यसैले अझै पनि गठबन्धनको औचित्य छ भन्ने हाम्रो भनाइ हो । हामी कमजोर भएर यो कुरा गरेका होइनौं । संविधान र प्रणालीको रक्षा गर्ने कुरा कुनै एउटा दल विशेष दायित्व मात्र होइन, यो हामी सबैको दायित्व हो ।

व्यवस्थामाथि खतरा छ भन्दै माओवादीले पार्टीगत स्वार्थ हेरेर गठबन्धनमा जोड दिदै छ, भनिँदैछ नि ?

सुदूरपश्चिममा हामी हिजोभन्दा धेरै बलिया छौं । कर्णाली प्रदेशमा माओवादी त्यसै बलियो छ । मधेस प्रदेशमा गत निर्वाचनमा एमालेभन्दा हाम्रो पोजिसन राम्रै छ ।

मधेसमा उपेन्द्र यादव र हाम्रो हाराहारी हैसियत हो । मधेस आन्दोलनको प्रभाव र हामी जरासम्म पुग्न सकेका थिएनौं, अहिले हामी जरास्म्म पुगेका छौं । हामी हरेक ठाउँमा लोकप्रिय छौं । माओवादी कमजोर छ भनेर हावा चलाइएको छ ।

एकीकृत समाजवादी र माओवादीबीच समानता र सहकार्य देखिन्छ । आसन्न निर्वाचनमा तालमेल हुन्छ कि आआफ्नो ढंगले चुनावमा जानुहुन्छ ?

हामी हरेक विकल्पका लागि तयार छौं । वर्तमान गठबन्धन जोगाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने कुरा, प्रतिगमनलाई परास्त गर्ने गर्ने कुरामा हामी खुला छौं । त्यसमा एमाले इतरका वामपन्थी पार्टीसँग हाम्रो मोर्चा र तालमेल सबै कुरा केन्द्रीय तहबाटै अगाडि बढ्छ ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेस र एमालेले आफूलाई मुख्य प्रतिस्पर्धी शक्ति ठानेको देखिन्छ । माओवादी र एकीकृत समाजवादीबीच तालमेल हुँदा चुनावी प्रतिस्पर्धा कस्तो हुने देख्नु भएको छ ?

सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन् । त्यसमा २०/२५ स्थानमा माओवादी एक्लैले सजिलै जित्छ भनिसकेपछि हामी प्रतिस्पर्धी हौं कि होइनौं भन्नु पर्छ र ? सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो छ । हामी दुईबीच तालमेल हुँदा ६० प्रतिशत नतिजा हात पर्न सकिन्छ भन्ने मेरो दावा हो ।

माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल हुने सम्भावना प्रबल छ । जहाँसम्म एमाले र काँग्रेसको कुरा छ । हामीले कार्यकर्तालाई आफ्नै खुट्टामा टेकेर प्रतिस्पर्धा गरेर जित्ने कुरा दिमागमा राखौं ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश हो । तपाईं आफै पटक पटक उहाँसँग चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएको छ । कम्युनिस्टको विभाजनपछि हुन लागेको निर्वाचनलाई काँग्रेसले उत्सवका रुपमा लिएको छ । यसबारे के भन्नु हुन्छ ?

काँग्रेसमा तालमेल नगरी हुँदैन भन्ने लाइन र तालमेल कुनै हालतमा गर्नु हुँदैन, एक्लै लड्नुपर्छ भन्ने लाइनका बीचमा विवाद छ । प्रधानमन्त्रीज्यूले कहीँ कतै तालमेल विरोधी अभिव्यक्ति दिनुभएको छैन, उहाँले गठबन्धनकै कुरा गर्नु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता पनि गठबन्धनकै पक्षमा हुनुहुन्छ । संस्थापन इतरको क्याम्पमा उभिएका नेताहरु गठबन्धनको विपक्षमा बोलिराख्नु भएको छ । यसबारे हामीले गहिरोसँग हेरिरहेका छौं ।

त्यो एक्लै चुनाव जित्न सकिन्छ भन्ने उत्साह भन्दा आफूले जितिने ठाउँ अर्को पार्टीलाई दिएर हारिने ठाउँमा आफूलाई दिने चिन्ताले काम गरेको छ । तर स्वाभाविक रुपमा कम्युनिस्टहरु फुटेका बेलामा काँग्रेस उत्साहित हुनु सामान्य कुरा हो । तर काँग्रेस कति एकताबद्ध छ भन्ने पनि हुन्छ । काँग्रेस यस्तो जात हो, मन परेन भने आफ्नै उम्मेदवारलाई अन्तरघात गरी हराइदिन्छ ।

कैलालीमा आरजुज्यूकै लागि समग्र काँग्रेस कति केन्द्रित हुने सम्भावना छ ? डडेलधुरामा त घोषित रुपमा दुई वटा पार्टी छ । कर्णबहादुर मल्लको नेतृत्वलाई काँग्रेसबाट बाइपास गरेर एउटा टीम मात्र अगाडि बढेको छ । कर्णबहादुर मल्ललाई व्यवस्थापन गर्न सकिएन भने शेरबहादुरजीको विरुद्धमा उहाँ जहाँ पनि उम्मेदवारी दिने मुडमा हुनुहुन्छ । त्यसलै काँग्रेसलाई पनि धेरै सजिलो छैन । एमालेको प्रचार मात्र हो, अरु केही छैन । एकल प्रतिस्पर्धा एमालेका लागि लज्जास्पद परिणाम लिएर आउँछ ।

सुदूरपश्चिममा स्थानीय कमिटीले एमालेसँग तालमेलको नीति लिँदा माओवादीले स्वीकार्छ कि स्वीकार्दैन ?

हामीले छोइछिटो कसैसँग गर्दैनौं । सबै राजनीतिक शक्ति हुन्, इतिहासमा सबैको योगदान छ । केपी ओली नेतृत्वको पछिल्लो सरकारका केही प्रतिगमनकारी कदमहरूको विरुद्धमा हामी उभिएका हौं । एमालेभित्र पनि ओलीको अगाडि बोल्न सक्ने एउटा पंक्ति छ । ओलीमा यो लेबलको दम्भ नभएको भए, उहाँले समन्वयकारी भूमिका खेल्न सकेको भए पार्टी फुट्ने थिएन भन्ने साथीहरु ओलीकै टिमभित्र थुप्रै छन् । त्यसैले एमालेसँग तालमेल हुनै नसक्ने भन्ने हुँदैन । तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो । हामीले गठबन्धनमा जोड दिने हो । तर गठबन्धन इतरबाट जाने सम्भावनालाई हामीले इन्कार गरेका छैनौं ।

सुदूरपश्चिममा कुन खालको चुनावी समीकरण बन्ने सम्भावना छ ?

माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल हुने सम्भावना प्रबल छ । जहाँसम्म एमाले र काँग्रेसको कुरा छ । हामीले कार्यकर्तालाई आफ्नै खुट्टामा टेकेर प्रतिस्पर्धा गरेर जित्ने कुरा दिमागमा राखौं । तालमेल भन्ने कुरालाई डिलिट गरौं भनेका छौं । हामी त्यही तयारीका साथ लागेका छौं । तर अहिलेको गठबन्धनलाई केही समय अगाडि लैजान पाए हुन्थ्यो भनेर प्रणाली रक्षाको कुरा गरेका मात्र हो ।

स्थानीय निर्वाचनअघि एकीकृत समाजवादीसँग तालमेल मात्र हुन्छ कि पार्टी एकताको पनि सम्भावना पनि छ ?

एकीकृत समाजवादी र माओवादीभित्र त्यो बहस उठेको छ । तर निष्कर्षमा पुगिसकेको छैन । त्यसैले यति छोटो समयमा एकता भइ एउटा पार्टी बनेर एउटा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सम्भावना कम छ ।

रातोपाटी

सम्बन्धित पाेष्टहरु
Loading...