Radio Unity 92.2MHz

शिक्षकको परिक्षाका लागि परशुराममा पाँच दिन विद्यालय बन्द

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका भित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द हुने भएका छन्।

शिक्षक सेवा आयोगको परिक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थीत हुन नसक्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिका सूचना जारी गरेको छ।

यहीँ चैत्र १४ गतेदेखी १८ गतेसम्म विद्यालयहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुद्धारा हस्तक्षरित सूचनामा भनिएको छ।

यो पाँच दिनको बिदालाई अगामी शैक्षिक सत्रको बिदाबाट कट्टा गरिने समेत सूचनामा उल्लेख छ। कोरोनाले लामो समय बन्द विद्यालय सञ्चालन भएको केही समयमै फेरी बन्द भएपछि विद्यार्थीको पढाइमा भने समस्या हुने भन्दै निराश भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...