डडेल्धुरा: नेपाल राष्ट्रिय शिक्षक संगठन डडेल्धुराको अध्यक्षमा ताराप्रसाद अवस्थी निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाममा भएको १३औं जिल्ला अधिवेशनले अवस्थीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
उपाध्यक्षमा मानबहादुर ओझा, महिला उपाध्यक्षमा पार्वती खत्री, सचिवमा शंकरदत्त जोशी, कोषध्यक्षमा प्रकाश भण्डारी र सहसचिवमा लालमति बिष्ट निर्वाचित भएका छन्।
यस्तै, सदस्यमा मदनराज जोशी, प्रेमराज फुलारा, नरबहादुर बुढाऐर, मानबहादुर बिष्ट, शिवसिंह ठकुराठी, शुभाषकुमार भट्ट र खेम पाल निर्वाचित भएको केन्द्रीय प्रतिनिधि मोहनसिंह भण्डारीले बताए।
१३औं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भण्डारीको भनाइ छ। केन्द्रीय प्रतिनिधिमा मोहनसिंह भण्डारी, भानबहादुर सुनार र पार्वती गिरी चयन भएका छन्। कार्यक्रमको प्रमुख अथिति नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य यज्ञराज भट्ट रहेका थिए।