Radio Unity 92.2MHz

जिल्ला स्तरीय फुटबल प्रतियोगिता : घटाल क्लबको शानदार जित

डडेल्धुरा: डडेल्धुरामा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आयोजक घटाल स्टार युवा क्लब ‘ए’ ले विजयी सुरुवात गरेको छ।

अमरगढी नगरपालिका-३ स्थित रामलिला खेल मैदान (बगर)मा सोमबारदेखि सुरु भएको प्रतियोगितामा घटाल स्टारले समैजी युवा क्लबलाई १२–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो। घटाल स्टारका लागि गजेन्द्र बिष्टले एक्लैले ८ गरे। यस्तै, सुनिल साउँदले २ तथा गोविन्द बोहरा र विशाल साउँदले एक–एक गोल थपे।

भोली मंगलबार पहिलो खेल जय बाबा घटाल ‘ए’ र मिलन यूथ क्लब भातकाँडाबीच हुने छ भने दोस्रो खेल घटाल स्टार युवा क्लब ‘बी’ र दिप ज्योति युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक घटाल स्टार युवा क्लबकाका अध्यक्ष मनिष भण्डारीले बताए।

बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा डडेल्धुराका ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता बिजेताले २५ हजार र उपबिजेता टिमले १५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन्। सोमबारदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन समाजसेवी विनय प्रकाश मल्लले गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...