Radio Unity 92.2MHz

डडेल्धुरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखाले सोमबार जिल्ला सदरमुकाममा संचारकर्मीहरुसँग वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

विश्व प्रविधिको क्षेत्रमा दिनानुदिन अगाडि बढ्दै गरेको अवस्थामा बैंक क्षेत्रमा पनि प्रविधिमार्फत् कारोबार बढेकाले वित्तीय सचेतनाको कार्यक्रम संचालन गरिएको हो। सेवाग्राहीहरुलाई बैंकिङ सेवा र नयाँ प्रविधिको बारेमा जानकारी हुनु आवश्यक रहेको ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश भट्टले बताए।

बैंकका विभिन्न सेवाग्राहीमध्ये संचारकर्मीलाई छनौट गरी वित्तीय सचेतना अभिबृद्धिको कार्यक्रम गरिएको उनले बताए। कार्यक्रम शाखाका अप्रेसन प्रमुख रोशन चटौतले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्ट, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष हिक्मतबहादुर सिंह, प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष भुवन बोहरा, प्रेस युनियन डडेल्धुरा अध्यक्ष धनबहादुर भण्डारीलगायत छापा तथा विद्युतीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...