अमरगढी २ को एमाले वडा कमिटी एकिकृत समाजवादीमा समाहित
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–२ को नेकपा एमालेको सिंगो वडा कमिटी नेकपा समाजवादीमा समाहित भएको छ। वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्की सहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेका हुन् ।
एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको एकिकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन् ।
डडेल्धुरामा एमाले परित्याग गरि एकिकृत समाजवादी प्रवेश गर्ने क्रम तिव्र भएको छ । एमालेका तत्कालिन अध्यक्ष डा. तारा जोशी एकिकृत समाजवादीको जिम्मेवारीमा आएपछि डडेल्धुरामा वडा स्तरसम्मको संगठन निर्माण भएको एकिकृत समाजवादीका डडेल्धुरा सचिव सुरेन्द्र बिष्टले बताए ।
डडेल्धुरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रपछि एकिकृत समाजवादी तेस्रो दलका रुपमा देखिएको छ । स्थानीय तहको निर्वाचनन जिकिँदै गर्दा जिल्ला सदरमुकामसहित गाँउहरूमा यति वेला चुनावी सरगर्मी बढेको छ ।