Radio Unity 92.2MHz

धनगढीको मेयरमा काँग्रेसबाट पुनः वड उम्मेदवार

डडेल्धुरा : नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाइएको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढीको उपमहानगर प्रमुखमा काँग्रेसको भागमा परेको छ ।

त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको नगर प्रमुखमा वडको नाम टुङ्ग्याइएको नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका सभापति यज्ञराज उपाध्यायले बताए ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढीको उपमहानगर प्रमुखमा निर्वाचित भएका थिए । फेरि टिकट पाएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

काठमाडौंबाट शनिबार धनगढी फर्किएर राजीनामा दिने बताइएको छ । धनगढीको उपमहानगर प्रमुखका लागि वड र कृष्ण महरासहित सात जनाको नाम सिफारिस भएको थियो ।

कार्यदलले वडलाई धनगढीको प्रमुखमा गठबन्धनको साझा उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको छ । यहाँ उपमेयर भने माओवादी केन्द्रले पाएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...