Radio Unity 92.2MHz

डोटीमा माओवादी र नेकपा एसबीच तालमेल

डोटी: आगामी स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ। नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो।

९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए।

माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ।

त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको ।

यसअघि हिजो नै तीन दलीय सहमति गर्ने अन्तिम तयारी भइरहेको थियो। ९ स्थानीय तहमध्ये, कांग्रेसले चार, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई दुई स्थानीय तह दिने गरी सहमतिको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसले धोका दिएको वलीले बताए।

‘ड्राफ्ट फाइनल भएर कांग्रेसहरु हस्ताक्षर गर्न पनि तयार हुनु भएको थियो’ उनले भने, ‘पछि उहाँहरू १० मिनेटमा सल्लाह गरेर आउँछौँ भनेर जानुभयो आउँदै आउनु भएन।’

कांग्रेस नेताहरू नआएपछि माओवादी र एकीकृत समाजवादी तालमेल गर्ने सहमति भएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...