डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुराको अमरगढी नगरपालिकाको नगरप्रमुखमा र उपप्रमुखमा १४ जनाको उम्मेदवारी परेको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नगरप्रमुखमा ९ र उपप्रमुखमा ५ जनाको उम्मेदवारी परेको हो।
नगर प्रमुखका लागि नेकपा (एकीकृत समाजवादी) बाट संगिता भण्डारी, नेपाली कांग्रेसबाट डिल्लीराज जोशी, नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट कांग्रेस विपीका हरिप्रसाद भट्ट, नेकपा माओवादी केन्द्रका लक्ष्मण सिंहले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए।
पंगेनीका अनुसार राप्रपाका गणेश भण्डारी, जनता समाजवादी पार्टीका नरभान पार्की, रााष्ट्रिय जनमोर्चाका पवन विष्ट, स्वतन्त्रबाट ललितबहादुर तमोली र दानबहादुर पालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट भुवन पाठक, नेपाली कांग्रेसबाट पार्वती झुकाल, नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको छ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट शशी अवस्थी, राप्रपाबाट कविता जोशी र स्वतन्त्रबाट सरस्वती अवस्थी (ओझा) ले उम्मेदवारी दिएकी छन्।