Unity Khabar

राप्रपाका उम्मेदवारले खाए ‘भ्रष्टाचार नगर्ने’ कसम

बिमल जैरु
डडेल्धुरा: राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमरगढी नगरपालीकाको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले डडेल्धराुको सदरमुकाममा रहेको जोगेनी थान मन्दिरमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दै कसम खाएका छन्।

आफ्नो मनोनयन दर्ता गर्न जानु भन्दा अगाडी मेयरको उम्मेदवार गणेश भण्डारी र उपमेयरकी उम्मेदवार कविता जोशीले कसम खाएका हुन्।

राप्रपाका केन्द्रिय सदस्य गोबिन्द खडायतले प्रमुख र उपप्रमुख पदका उमेदवारलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए।

मेयर र उपमेयरसहित वडाअध्यक्ष लगाएत चुनाव लड्ने सबैले एकै पटक कसम खाएका हुन्। मेयरका उम्मेदवार गणेस भण्रीले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको थिए।

‘हाम्रो उम्मेदवारी अमरगढी नगरपालीकालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो। राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो अमरगढी निर्माण गर्छौं।’

उनले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताए।

सम्बन्धित पाेष्टहरु
Loading...