डडेल्धुराका मतगणनास्थलमा सीसीटीभी क्यामेरा र तारजालीको प्रयोग
डडेल्धुरा: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ। डडेल्धुराका सात वटैमतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको हो।
निर्वाचन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरेको मूख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगिनीले जानकारी दिए।
अमरगढी नगरपालिकाको मतगणना जिल्ला जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ६ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ ।
मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडानको कार्य गरिएको मूख्य निर्वाचन अधिकृत पंगिनीले जानकारी दिए।