Radio Unity 92.2MHz

दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु

दार्चुला: दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानीको वडा कार्यालय नजिक गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै म १ ज २७७ नम्बरको हाइस दुर्घटना भएको हो।

दुर्घटनामा परी चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

हाइस सडकबाट करीब ५ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। एमालेको विजय जुलुसका लागि कार्यकर्ता बोक्न हिँडेको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।