अमरगढीमा नगरप्रमुख जोशी र उपप्रमुख झुकालले गरे पदबहाली
डडेल्धुरा: अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकालले बिहीबार पदबहाली गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण पश्चात नगरपालिका पुगेर जोशी र झुकालले बिहीबार नै पद बहाली गरेका हुन्।
बिहीबार अपरान्ह ४ बजे अमरगढी नगरपालिकामा निवर्तमान नगरप्रमुखले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमसँगै जोशी र झुकालले पदबहाली गरेका हुन्।
पदबहाली गर्दै नगरप्रमुख जोशीले अमरगढीको विकासका लागि सबै पक्षसँग समन्वय गर्दै अगाडि बढ्ने बताए। अमरगढीको विकासमा दृढ संकल्पीत भएर लाग्ने भन्दै आजसम्मको अनुभव र विज्ञहरूसँगको सल्लाहले नगरपालिका उत्कृष्ट बनाउने उनले बताए।
राम्रो काम गर्नेको प्रशंसक रहेको बताउँदै उनले व्यक्तिगत चाकरीमा नलाग्नेसमेत आग्रह गरे। अमरगढी नगरप्रमुख पदमा पु¥याउने सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नै निर्वाचनको समयमा भएका गलत कुराहरुलाई बिर्सिएर सही रूपमा आगाडि बढ्न सबै उम्मेदवार तथा दलहरुमासमेत आग्रह गरे।
निवर्तमान हुनु भएका नगरप्रमुखको नेतृत्वमा सुरु भएका कामहरूको निरन्तरताका साथै आगामी दिनमा अमरगढीमा नयाँ योजनाका साथ अगाडि बढ्ने उनले बताए।
सोही कार्यक्रममा निवर्तमान नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जहिले पनि सहयोगीको रूपमा रहने बताए। पाँचवर्षका अनुभवहरुलाई सुझावको रूपमा दिने र नगरको विकासका लागि साकारात्मक रहेको उनले बताए।
यस्तै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले नगरको विकासमा सबैको सहयोग आवश्यक रहेको बताए। स्थानिय सरकारमार्फत जनताका इच्छा आकांक्षा र चाहाना पूरा गर्न जनप्रतिनिधि अहोरात्र लाग्नुपर्ने उल्लेख गर्दै उनले जनताको असली पहरेदारको भूमिका खेल्नुपर्ने बताए।