कैलालीमा नदीमा डुबेर दुई बालकको ज्यान गयो
धनगढीः कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।
धनगढी उपमहानगरपालिका–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। पुलमुनि नुहाइरहेका बेला उनीहरू दुवै नदीमा डुबेका थिए।