Radio Unity 92.2MHz

डडेल्धुराका मडै १८ दिनदेखी वेपता

डडेल्धुरा: डडेल्धुराजिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २ बस्ने नैनसिह मडै वेपता भएका छन् । १८ दिन पहिले कञ्चनपुरबाट डडेल्धुरा आएका मडै बसपार्कबाट वेपता भएको आफ्तले बताएका छन् । मडै फरक क्षमता भएका तथा बोल्न सुन्न नसक्ने ब्यक्ती हुन । मडै सम्पर्क बिहिन भएपछि परिवारले खोजि गरिदिन भन्दै जिल्ला प्रहरीका कार्यालय डडेल्धुरामा निवेदन समेत दिएका छन्

कञ्चनपुको झलारी बजारबाट जेठ ६गते बिहान ८ बजे महाकाली यातायात को ७८७३ नम्बरको हाइसमा डोटिको गैरा बजारको जान भनी आएका उनलाइै डडेल्धुरा बसपार्क पुगाएको परिवारिक स्रोतले बताएको छ ।

हराएका ब्यक्तीको खोजी गरि पाउ भनी पटक- पटक जिल्ला प्रहरी कार्यलय नै पुगेको आलिताल २ का वडाध्यक्ष प्रमोद मल्लले प्रहरीले  खोजी कार्यमा सहयोग नगरेको आरोप लगाए । अन्दाजी ५० बर्षीय मडै शारिरीक वर्ण कालो, हरियो झोला र सेतो जुत्ता लगाएका थिए।

उनलाई कही कतै देख्नु हुने महानुभाबले नजिकैको प्रहरी कार्यालयमा तथा सम्पर्क नम्बर ९८४८८२५६४० फोन गरिदिन आफन्तले अनुरोध गरेका छन् । परिवारको सम्पर्कमा ल्याउने व्यक्तिलाइ बिषेश पुरुस्कारको समेत व्यबस्था गरिने छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।