Radio Unity 92.2MHz

परशुराम नगरपालिकाको बजेट ७८ करोड ४८ लाख ३४ हजार

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७८ करोड ४८ लाख ३४ हजारको बजेट ल्याएको छ। शुक्रबार नगरसभाको ११ अधिवेशनमा नगर उप–प्रमुख विमलाकुमारी बोहराले बजेट प्रस्तुत गरेकी हुन्।

जसअन्तर्गत आर्थिक विकासतर्फ ५ करोड १७ लाख २६ हजार, सामाजिक विकासतर्फ ३६ करोड ८० लाख ३३ हजार, पूर्वाधार विकासतर्फ ८ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, वातावरण र विपद् व्यवस्थापनतर्फ ३० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २४ करोड ४५ लाख ४० हजार र वडा तथा नगरस्तरीय २ करोड ८७ लाख ९६ हजार ४ सय ३० रूयैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक श्रोततर्फ ८९ लाख, निशर्त अनुदान तर्फ २३ करोड ६२ लाख र शसर्त अनुदानतर्फ ३६ करोड ९६ लाख आम्दानी गरेको छ भने जेठ मसान्तसम्म ३४ करोड ९९ लाख खर्च गरेको छ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणतर्फ ४६ करोड ६ लाख र प्रदेशबाट १ करोड ४० लाख २२ हजार अनुदान पाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...