Radio Unity 92.2MHz

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न

डडेल्धुरा: घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले आर्थिक वर्ष ०७८/७९ को बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ। बिहीबार जिल्ला सदरमुकाममा एक कार्यक्रमकाबीच कार्यालयले बार्षिक प्रगति समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न गरेको हो।

कार्यालय प्रमुख केशव भण्डारीले आर्थिक वर्ष ०७८/७९ को बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यालयले ०७८/७९ मा विनियोजित गरेको बजेटमा पुजिगत तर्फ २८ लाख ५९ हजार र चालु तर्फ एक करोड ५५ लाख ५० हजार गरि जम्मा एक करोड ८४ लाख ९ हजार रहेको कार्यालय प्रमुख भण्डारीले बताए। जसमा एक करोड ५२ लाख ७५ हजार ८ सय ८० रुपैयाँ खर्च गरिएको छ।

कार्यालयले च्याउ उत्पादन सिप विकास तालिम, मोरीपालन, हाउस वाइरिङ, सिलाइ कटाइ, उद्यमशिलता विकास, कम्प्युटर तालिम, बाख्रा तथा तरकारी खेती, होेजियारी हाते विकास, मोबाइल मर्मत, आरन सिप विकासलगाएतका तालिम सञ्चालन गरेको उनको भनाइ छ।

कार्यालयमा ०७८/७९ मा लघु ७१६, घरेलु १, साना १२ गरि जम्मा ७२९ उद्योग दर्ता गरिएका छन्। प्रदेश सरकार मातहत आएपछि कानुन नबन्दा कार्यालयको काम कर्तव्य अधिकार प्रस्ट नभएको उनी बताउँछन्।

‘दरबन्दी अनुसार कर्मचारी छैनन्। कार्यालय भवन समेत जीर्ण छ,’ उनले भने, ‘कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्थासम्म छैन्। कार्यालय प्रविधि मैत्री नहुँदा उद्योग बार्णिज्य सम्बन्धी अभिलेख अव्यवस्थित छन्।’

कार्यक्रममा सहभागीको काम गर्ने उद्योगीभन्दा पनि काम नगर्नेहरूले अनुदानको पैसा खाने गरेको गुनासो थियो। राजनीतिक दलको पहुँच हुनेहरूले अनुदान लिनका लागि उद्योग दर्ता गर्ने गरेकोले त्यस्तो कार्य रोक्न घरेलु तथा साना उद्योग कार्यालयले सक्रिय हुनु पर्ने बताए।

पत्रकार महसंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले एउटै व्यक्तिले विभिन्न कार्यालयबाट तालिम तथा अनुदान लिने गरेको बताए। उद्योगहरू खुल्ने तथा प्रतिफल नदेखिने भएकोले सरोकारवाला निकायले अनुगमन गर्नु पर्नेमा जोड दिए।

सम्बन्धित पाेष्टहरु
Loading...