Radio Unity 92.2MHz

नेकपा एस डडेल्धुराद्वारा पार्टी पुनर्गठन दिवसमा फलफूल वितरण

डडेल्धुरा: नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले पार्टी पुनर्गठन दिवस मनाएको छ। बिहीबार बिहान एकीकृत समाजवादी पार्टी डडेल्धुराले डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर दिवस मनाएको हो।

अस्पतालमा बेड भर्ना भएका ५६ जना बिरामीलाई फलफू वितरण गरेर दिवस मनाइएको पार्टीका जिल्ला सचिव भुवन पाठकले जानकारी दिए।

फलफूल वितरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय डा.तारा जोशी र नरबहादुर विष्ट तथा जिल्ला अध्यक्ष कविन्द्र विष्टलगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाएको हो। गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते प्रमाणपत्र पाएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...