Radio Unity 92.2MHz

जसपा नेपाल डडेल्धुराले लगायो उम्मेदवारको टुंगो

डडेल्धुराः जनता समाजवादी पार्टी नेपाल, जिल्ला समन्वय समिति डडेल्धुराले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरेको हो।

डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ श्याम शिनाल र ईन्द्रबहादुर बिष्टको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिए।

उनले प्रतिनिधिसभा दलित समानुपातिक तर्फ नरभान पार्की, प्रतिनिधि सभा समानुपातिक महिला तर्फ मन्जुदेवी साँकी र प्रतिनिधि सभा समानुपातिक खस आर्य तर्फ पदमसिंह शाहको नाम सिफारिस गरेको बताए।

यस्तै, डडेल्धुरा प्रदेश सभा ‘क’मा प्रत्यक्ष तर्फ लोकेन्द्र साँउद र समानुपातिक तर्फ भोज राज जोशीलाई सिफारिस गरेको छ भने प्रदेश सभा ‘ख’ मा प्रत्यक्ष तर्फ बाशुदेव भट्ट र राज पार्की र समानुपातिक तर्फ नरभान पार्कीको नाम सिफारिस गरेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।