डडेल्धुराः डडेल्धुरामा आयोजना हुने ‘दिजगंगा मेमोरियल’ पुरुष टी–२० क्रिकेट प्रतियोगिताको आलोचना भएको छ।
जिल्ला क्रिकेट संघको आयोजनामा हुने क्रिकेट प्रतियोगितामा ‘इन्ट्री’ फि ४० हजार र प्रथम पुरस्कार ५१ हजार राखिएपछि आयोजकको आलोचना भएको हो।
१२ गतेदेखि डडेल्धुराको अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहका टिमलाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।
लिगको आधारमा खेलाइने प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, द्धितिय पुरस्कार २५ हजार ५५१ प्रदान गरिने आयोजक डडेल्धुरा क्रिकेट संघले जनाएको छ।
खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि आयोजकले नै पोसाकको व्यवस्था गरेको छ।