Radio Unity 92.2MHz

ज्येष्ठ नागरिक जिल्ला संघ डडेल्धुराको अध्यक्षमा बोहरा

डडेल्धुराः ज्येष्ठ नागरिक जिल्ला संघ डडेल्धुराको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

मंगलबार अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तीर्थबहादुर ऐरको अध्यक्षतमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले नयाँ कार्य समिती गठन समेत गरेको छ। अधिवेशनबाट ११ सदस्यीय समिती गठन गरिएको हो। संघको अध्यक्षमा प्रेमराज बोहरा सर्वसम्मत चयन भएका छन्।

उपाध्यक्षमा पुनी नगरकोटी, सचिवमा कृष्णप्रसाद भट्ट र कोषाध्यक्षमा शिवराज पन्त चयन भएका छन्। सदस्यमा हरिलाल जोशी, शेरबहादुर दमाई, गोपी सार्की, टेकबहादुर भण्डारी, दुर्गा चन्द, भोजराज सुनार र कौशिला रोका चयन भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...