Radio Unity 92.2MHz

डडेल्धुरामा एक किशोरको मृत्यु

डडेल्धुराः डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका-९ का राजबहादुर बोहराका छोरा अन्दाजी १५ वर्षीय तेजबहादुरको मृत्यु भएको हो। सडकबाट साइकलसँगै खोलामा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ। शव पोस्टमार्टमका लागि जोगबुडा अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...