डडेल्धुरामा हुने ‘दिजगंगा मेमोरियल’ टी–२० प्रतियोगिता सर्यो, नयाँ मिति तय
डडेल्धुराः डडेल्धुरामा आयोजना हुने प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सरेको छ। यहीँ असोज १२ गतेदेखि अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सुरु हुने भनिएको प्रतियोगिता ११ दिन पछि सरेको हो।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अब प्रतियोतिा असोज २३ गतेदेखि सुरु हुने डडेल्धुरा जिल्ला क्रिकेट संघले जनाएको छ। केही दिनदेखिको अविरल वर्षाले खेल मैदान जलमग्न भएपछि प्रतियोगिता सारिएको जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले जानकारी दिए।
प्रतियोगिताका लागि सातवटै स्थानीय तहका टिम दर्ता भइसकेको आयोजकले जनाएको छ। सबै टिमका १६ खेलाडीका लागि जर्सीसमेत भारतबाट ल्याइसकिएको अध्यक्ष उप्रेतीले बताए।
गत शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको थियो। आयोजकका अनुसार प्रथम हुने टिमलाई ट्रफीसहित नगद ५१ हजार रुयैयाँ पुरस्कार दिइने छ।
द्धितीय हुने टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउनेछ। टिम दर्ता शुल्क ४० हजार राखिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि पुरस्कार राशिबाहेक पाँच लाख ४६ हजार २ सय रुयैयाँ लाग्ने आयोजकको अनुमान छ।
जिल्लामा क्रिकेटका गतिविधिहरू शून्य भइरहेको अवस्थानमा खेलाडी उत्पादन गर्न जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघका अध्यक्ष उप्रेतीले बताए। उनले यस प्रतियोगिताबाट जिल्लाको टिमसमेत निर्माण गरिने जानकारी दिए।
प्रेस विज्ञप्ति :