Radio Unity 92.2MHz

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...