डोटी: डोटीमा बलात्कारको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्। २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोरायल गाउँपालिका–२, डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
श्रीधरले ती महिलालाई घरनजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।