डडेल्धुराः बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।
सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनास्थलमा ६ जनाको शव भेटिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
मृतकमध्य ४ जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १२र१३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्।
जिप टुक्राटुक्रा भएको छ। अहिले प्रहरी र स्थानीयहरुले घाइतेहरूको उद्दार गरिरहेका छन्। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ।