Radio Unity 92.2MHz

बोहराको कटाक्ष : कर्ण र सागर दूधे बालक हुन्

डडेल्धुराः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री तथा डडेल्धुरा प्रदेश ‘ख’ का तर्फबाट वाम गठबन्धनका उम्मेदवार बनेका गोविन्द बोहराले कर्णबहादुर मल्ल र सागर ढकाल दूधे बालक भएको कटाक्ष गरेका छन्।

बिहीबार गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो कटाक्ष गरेका हुन्। शेरबहादुर देउवाले डडेल्धुराको विकासमा भूमिका खेलेकोले सबै पार्टीले सम्मान गर्ने गरेको उनले बताए।

‘माओवादी पार्टी देउवा बिरुद्ध लडेको छैन्, सिट छोडिदिएको छ। एमालेले पनि सिट छोडिदिएको छ। जनमोर्चा र समाजवादीका पनि कोही लडेका छैनन्,’ उनले भने, ‘तर, लडेका छन् त दुधे बालकहरू।’

त्यसैमा थप्दै बोहराले भने, ‘एउटा गुल्मीको ढकाल भन्ने आएको छ। उसको जिल्लामा पोल गाडेको ६ वर्ष भइसक्यो। त्यहाँ चन्द्र भण्डारी भन्ने नेता लड्नुहुन्छ। शेरबहादुरले तार तान्नु परेको छ। उहाँ (भण्डारी) भन्नुहुन्छ, नत्र म चुनाव हार्छु तार तान्दिनु प¥यो भनेर।’

‘अर्का व्यक्तिलाई तपाईं चिन्नुहुन्छ,’ मल्ल प्रति लक्षित गर्दै बोहराले भने, ‘कहिले सूर्यसँग भोट हाल्लु पर्ने कहिले करुवासँग भोट हाल्नु पर्ने कहिले काहीँ हाल्नु पर्ने अत्तोपत्तो छैन्।’

उनले भने, ‘जसले माया गरेको हो। उसैबिरुद्ध अदालतमा मुद्दा हाल्ने। राष्ट्रिय पार्टीले देउवाबिरुद्ध उम्मेदवारी दिने आँट गरेका छैनन्। तर, दूधे बालकहरू लागेका छैनन्।’

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।