प्रतिनिधि र प्रदेशसभा निर्वाचन : डडेल्धुरामा ९१ हजार २०१ मतदाता
डडेल्धुराः मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा ९१ हजार २ सय १ जना मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार जसमा महिला ४५ हजार ८ सय ९ र पुरुष ४५ हजार ३ सय ९२ जना रहेका छन् ।
निर्वाचनका लागि जिल्लाभर १ सय ३९ मतदान केन्द्र र १ सय १ मतदान स्थल तोकिएको डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कूल मतदाता संख्या ४४ हजार ९ सय ६६ जना रहेका छन् । निर्वाचनका लागि प्रदेशसभा १ मा ५० मतदान स्थाल र ७१ मतदान केन्द्रको व्यस्थान गरिएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा कूल मतदाता संख्या ४६ हजार २ सय ३५ जना रहेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा २ मा मतदान स्थाल ५१ र मतदान केन्द्र ६८ वटा रहेका छन् ।