Radio Unity 92.2MHz

देउवालाई दाइ भन्नेहरू ठूलठूलो ओहोदामा पुगेः आरजु

डडेल्धुरा: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले शेरबहादुर देउवालाई दाइ भन्नेहरू ठूलठूलो ओहोदामा पुगेको बताएकी छन्।

शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गदै उनले देउवालाई दाइ र राजनीतिक गुरु मान्नेहरू ठूलठूलो ओहादामा पुगेको बताएकी हुन्।

‘गोविन्द बोहरा जी मन्त्री हुनुभयो। नैनसिंह महर नेविसंघको अध्यक्ष हुनुभयो। उहाँकै कारण मैले पनि संविधान लेख्ने अवसर पाए। अरु पनि उहाँ (शेरबहादुर) लाई दाइ, राजनीतिक गुरु भन्नेहरू ठूलठूलो ओहोदामा पुग्नुभएको छ,’ उनले भनिन्।

देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको उनले दाबी गरिन्। उनले देउवाले आफूले भनेको कुरा गरेरै छोड्ने र अरूको जसरी जथाभावी नबोल्ने प्रतिक्रिया दिइन्।

‘देउवाले जे गर्छु भन्नू भएको छ, त्यो गर्नु भएको छ। सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला यहाँका मान्छेले बोलेको सुन्दा पनि अनौठौं लाग्थ्यो। पूर्वका मान्छे जसरी मिलाएर नबोल्ने,’ उनले भनिन्, ‘मलाई त यहाँका मान्छेले बोल्दा गोली हानेको जस्तो लाग्थ्यो।

त्यसैमा थप्दै उनले भनिन्, ‘उहाँ (शेरबहादुर) लाई पनि पहिले पहिले म मिलाएर बोली बक्सियोस् न कसरी बोलेको भन्दा उहाँ रिसाएर मलाई झुटो बोल्न आउँदैन् भन्नुहुन्थ्यो।’

सुरु सुरुमा आफूलाई डडेल्धुराको नाम भन्न समेत नआएको कुरा सुनाइन्। उनले भनिन्, ‘देउवा कुन जात होला भन्ने थियो। तर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनियो।’

उनले डडेल्धुराका नागरिकले नै आफूलाई हेलिकप्टर चढ्ने हैसियतमा पु¥याएको दाबी गर्दै भनिन्, ‘यहाँकै कारणले देउवा जी ५ पटक प्रधानमन्त्री र ६ पटक सांसद हुनु भएको हो।’

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।