Radio Unity 92.2MHz

मतदान पश्चात देउवाले भने–निर्वाचन गर्न पाउँदा खुसी लागेको छ

डडेल्धुराः प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्।

आइतबार गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवाले बिहान १० बजेर ८ मिनेटमा मतदान गरेका हुन्। देउवासँगै उनकी पत्नी आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मत खसालेकी थिइन्।

मतदान पश्चात देउवाले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए। अबको प्रधानमन्त्री को? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ‘अहिले आचरसंहिता लाग्छ बोल्न मिल्दैन्।’

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनका तर्फबाट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनलाई कांग्रेस बीपीका कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल लगाएत ८ जना उम्मेदवारले चुनौती दिइरहेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।